Logo

Banner-news

चीन–नेपाल कनेक्टिभिटी बढ्दा भारतमा चिन्ता !


GDP Nepal
   २९ आश्विन २०७६, बुधबार


काठमाडौं (एजेन्सी): चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणबाट नेपालले के पायो भन्ने बहस नेपालभित्र मात्र सीमित छैन । २३ वषएपछि भएको उच्चस्तरीय भ्रमणबाट कुटनीतिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताइरहेका बेला दक्षिणी छिमेकी भारतमा भने यस भ्रमणप्रति निकै संशय देखिएको छ ।

खासगरी भारतीय सञ्चारमाध्यमहरुले चीनका तर्फबाट नेपालमा अर्बौं रुपैयाँको लगानी गरिँदै रहेको र नेपालको कनेक्टिभिटी चीनसँग विस्तार हुने भएकाले यसलाई भारतले चिन्ताका साथ हेरेको जनाएका छन् । यसका साथै चीनले कयौं ठूला आयोजनाको व्यवस्थापन पनि गर्दै आएको छ यो अवस्था भारतका लागि चिन्ताको विषय हुन सक्ने भारतीय सञ्चारमाध्यमको चिन्ता छ ।

नेपालमा सञ्चालित कतिपयं आयोजनामा चीन–भारत आमनेसामने पनि भएका छन् । साथै चीन–नेपालबीच सैन्य अभ्यास पनि भएकोमा चिन्ता व्यक्त गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने भारत भ्रमण सकेर नेपालको भ्रमणमा आएका थिए । २३ वर्षपछि चीनको राष्ट्राध्यक्ष नेपाल आएको यो पहिलो अवसर हो । उक्त भ्रमणको समयमा चीनले नेपालमा ठूलो लगानी गर्ने घोषणा गरेको छ ।

योमध्ये रसुवागढीदेखि नेपालको राजधानी काठमाडौंसम्म सडक आयोजना पनि परेको छ । यो विषयलाई लिएर चीन र नेपाला सरकारबीच समझादारीपत्रमा हस्ताक्षरसमेत भएको छ ।
चीनका तर्फबाट लगातार नेपालमा लगानी गर्ने प्रयास भइरहेको छ र चीन–नेपाल सडक मार्ग बनाउने गतिलाई बढाइएको छ । नेपाल–चीनबीचमा भएको सम्झौताका अनुसार रसुवागढीदेखि काठमाडांैसम्म चीनले सडक बनाउने भएको छ ।


यसले दुई देशबीचको व्यापारलाई बढाउँछ । किनकि रसुवागढी चीनको सीमानसम्म जोडिएको छ । यो सडकमा दुई सुरुङ पनि हुनेछ । चीनले यो सडक दुई भागमा बनाउने भारतीय अनलाइन अमर उजालाले जनाएको छ । पहिलो भाग टोखादेखि काठमाडौं र दोस्रो चीनको सिमानासम्म जोडिनेछ ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह