काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ६९.८० अंकले बढेर दुई हजार ७२७.५८ विन्दुमा पुगेको छ ।
बैंकिङ ३३, विकास बैंक १८४, होटल तथा पर्यटन १२४, जीवन बीमा ३१२, निर्जीवन बीमा ४७०, ब्यापार ५७, अन्य ५५, फाइनान्स ३३, उत्पादन २१८, हाइड्रोपावर ५३ र माइक्रोफाइनान्स उपसमूह २४४ अंकले बढेको छ ।
आज उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सामुदायिक लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ।
यस दिन ३३० कम्पनीको दुई करोड ४८ लाख कित्ता सेयर १२ अर्ब ९५ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया