Logo

मुख्य समाचार

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बिक्री खुला


GDP नेपाल
   २१ माघ २०८१, सोमबार


काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको थियो। जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला भएको हो ।
त्यस्तै, कम्पनीले कुल निष्कासनको ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।


आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यसमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २१ माघ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह