काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २.४१ अंकले बढेर दुई हजार ७३० विन्दुमा पुगेको छ ।
बैंकिङ ७, जीवन बीमा ८९, निर्जीवन बीमा १०८, ब्यापार ३५, उत्पादन २०, र माइक्रोफाइनान्स उपसमूह ५ अंकले बढेको छ । त्यस्तै, विकास बैंक २३, होटल तथा पर्यटन ०.८८, अन्य १३, फाइनान्स २८ र हाइड्रोपावर उपसमूह १८ अंकले घटेको छ ।
आज उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्सको सेयर १० प्रतिशतले घटेको छ।
यस दिन ३१९ कम्पनीको दुई करोड ३७ लाख कित्ता सेयर ११ अर्ब ८७ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया