काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार बजार १९.५६ अंक बढेको छ । यससँगै नेप्से २७ सय अंक नजिक पुगेको छ ।
आइतबारको कारोबारपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । आइतबार ९ अर्ब ४७ करोडको कारोबार भएको छ ।
आइतबार १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स सेक्टरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.९४ प्रतिशत बढेको छ ।
बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५, हाइड्रोपावर ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन ०.२०, माइक्रोफाइनान्स १.८६, अन्य ०.३८ र व्यापार ०.२५ प्रतिशतले बढेका छन् ।
प्रतिक्रिया