Logo

मुख्य समाचार

२९.८७ अंकले बढ्यो सेयर बजार, १० अर्बको कारोबार


GDP नेपाल
   ५ फाल्गुन २०८१, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २९.८७ अंकले बढेर दुई हजार ७२७.९१ विन्दुमा पुगेको छ ।



बैंकिङ २९, विकास बैंक १९, होटल तथा पर्यटन १५४, जीवन बीमा ११६, उत्पादन ५३, निर्जीवन बीमा १४३, माइक्रोफाइनान्स १२८ र अन्य उपसमूह ५१ अंकले बढेको छ । त्यस्तै आज फाइनान्स २३, हाइड्रोपावर ६ र ब्यापार उपसमूह ५५ अंकले घटेको छ ।



आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ ।


यस दिन ३०२ कम्पनीको एक करोड ८० लाख कित्ता सेयर १० अर्ब ४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ५ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह