Logo

कर्पोरेट-बजार

व्यापार व्यवसायलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्न जनकपुरधाममा छलफल


GDP नेपाल
   १२ फाल्गुन २०८१, सोमबार


जनकपुर । जनकपुरधामलगायत वरिपरिका क्षेत्रमा रहेको व्यापार र उद्योग व्यवसायलाई डिजिटर प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यले जनकपुरधामका व्यवसायी र सामानहब नेपालबीच छलफल भएको छ ।

जनकपुरधास्थित उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग गरी व्यापारीहरुले थोकमा सामान किनबेच गर्न सक्ने गरि काम गर्दै आएको सामानहब नेपालका प्रतिनिधिसँग छलफल गरेका छन् ।

सो क्रममा सामानहब नेपालको प्यालेटफर्मको प्रयोग कसरी गर्ने र यसबाट थोक सामान व्यवसायीहरुले कसरी खरीद विक्री गर्न सक्ने बारे जानकारी लिएका थिए ।

सामानहब नेपालको वेबसाइटबाट खुद्रा ग्राहक नभई थोक व्यापार गर्ने उद्योग र व्यवसायीहरुले सामान किनबेच गर्न सकिने सामानहब नेपालका संस्थापक संजय कुमार साहले जानकारी दिए । उनले यस पल्याटफर्मको माध्यबाट व्यवसायीहरुले लाभ लिन सक्ने धारणा व्यक्त गरे ।

प्रकाशित : १२ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह