Logo

कर्पोरेट-बजार

नागरिक लगानी कोषका सहभागी र सेयरधनीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विशेष छुट


GDP नेपाल
   १९ फाल्गुन २०८१, सोमबार


काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरुले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनेछन् ।

छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : १९ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह