Logo

कर्पोरेट-बजार

मधानी महोत्सवको खर्च ६६ लाख २३ हजार, १० करोडको आर्थिक कारोबार


GDP नेपाल
   २३ फाल्गुन २०८१, शुक्रबार


रौतहट । रौतहटको मौलापुरम भएको छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ । हालै सम्पन्न मधानी महोत्सवको समग्र समीक्षा, खर्च विवरण सार्वजनिक र अगामी योजनाहरूबारे छलफल भएको हो । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले महोत्सवको व्यवस्थापनमा ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च भएको बताइन् ।

१० करोड भन्दा बढीको आर्थिक कारोबार भएको तथा नगरबासी व्यापारीहरूले दुई करोड भन्दा बढीको मुनाफा आर्जन गरेको प्रस्तुत विवरणमा उल्लेख छ । महोत्सव अवधिभर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको उनले जानकारी दिइन् । महा शिवरात्रीको अवसर पारेर फाल्गुन ११ गतेदेखि १५ गतेसम्म पाँच दिन मधानी महोत्सव भएको थियो ।

मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय रामबाबु साहले मधानी महोत्सवले मौलापुर नगरपालिकालाई चिनाउने काम गरेको बताए । मौलापुर नगरपालिका तथा पतौरा धामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व थप उचाइमा पुगेको उनको भनाइ छ ।

आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा महोत्सवको खर्च सार्वजनिक गरिएको हो । सो कार्यक्रममा बोल्दै उनले मधानी महोत्सवले स्थानीय पर्यटन, धार्मिक पहिचान, सामाजिक एकता तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

मौलापुरलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना अझ बलियो बनाएको उनको भनाइ छ । उनले महोत्सवको सम्बन्धमा समाजिक सञ्जालमा फिँजाइएका भ्रम र यथार्थ बारे तथ्याङ्कसहित विश्लेषणात्मक टिप्पणी गरेका थिए ।

प्रकाशित : २३ फाल्गुन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह