Logo

बैंक / बिमा /शेयर

एलआईसी नेपालको सञ्चालकमा दोहोरिइन् कोमल अग्रवाल


gdpnepal
   २ चैत्र २०८१, आइतबार


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)को सञ्चालकमा कोमल अग्रवाल पुनः दोहोरिएकी छन् । फागुन २५ मा उनको पदावधि समाप्त भएको थियो ।

अग्रवाललाई २३ औं साधारणसभासम्म सञ्चालकमा निरन्तरता दिने एलआईसी नेपाल सञ्चालक समितिको निर्णय भएको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए ।

अग्रवालले एलआईसी नेपालमा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दछिन् ।

सञ्चालक अग्रवालले एमबीए गरेकी छन् भने उनी हाल युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रा. लि. (एफएमसीजी क्षेत्र) मा वित्त तथा आपूर्ति श्रृंखला प्रबन्धकको रूपमा कार्यरत छिन् ।

उनले अन्तर्राष्ट्रिय व्यापार, कर्पोरेट वित्त, आपूर्ति श्रृंखला आदि क्षेत्रमा ९ वर्षभन्दा बढीको प्रबन्धकीय अनुभव बटुलेकी छिन् ।

 

प्रकाशित : २ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह