Logo

मुख्य समाचार

सेयर बजारमा २१.६३ अंकको गिरावट, ६ अर्ब ८३ करोडको कारोबार


GDP नेपाल
   २ चैत्र २०८१, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से २१.६३ अंकले घटेर दुई हजार ७१४.८५ विन्दुमा पुगेको छ ।


बैंकिङ ११, विकास बैंक १३१, फाइनान्स ३७, होटल तथा पर्यटन ३५, हाइड्रोपावर ४७, जीवन बीमा १४६, निर्जीवन बीमा ९२, माइक्रोफाइनान्स ४४, उत्पादन १ र अन्य उपसमूहको ३७ अंकले घटेको छ ।
त्यस्तै, आज व्यापार उपसमूह भने २०२ अंकले बढेको छ ।


आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर झण्डै ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सामूदायीक लघुवित्तको सेयर ८.१९ प्रतिशतले बढेको छ ।

यस दिन ३१६ कम्पनीको एक करोड ३९ लाख कित्ता सेयर ६ अर्ब ८३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह