काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १०.१४ अंकले घटेर दुई हजार ७०४.७० विन्दुमा पुगेको छ ।
बैंकिङ २, विकास बैंक ५२, हाइड्रोपावर ८, जीवन बीमा ७०, निर्जीवन बीमा ३, माइक्रोफाइनान्स ०.८८, अन्य १३ र व्यापार उपसमूह १४५ अंकले घटेको छ । त्यस्तै, आज फाइनान्स ३, होटल तथा पर्यटन १२ र उत्पादन उपसमूह ३२ अंकले बढेको छ ।
आज महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै ५.४१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज राप्ती हाइड्रोको सेयर ९.८६ प्रतिशतले बढेको छ । यस दिन ३३१ कम्पनीको ९९ लाख कित्ता सेयर ५ अर्ब ४० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया