काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
आइपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए । जसमध्ये १० हजार १२६ जनाको आवेदन रद्द भएको थियो । इन्स्योरेन्सले फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
आइपीओको नतिजा क्रेष्ट माइक्रो लाइफको वेबसाइट, एनआइएमबी एस क्यापिटलको वेबसाइट, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र मेरो सेयर एपबाट हेर्न सकिन्छ ।
प्रतिक्रिया