काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् । पाँचौं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टले युद्धको मोर्चाको रुपमा मन्त्रालय पाएको र युद्धमा सफल भइछाड्ने बताए ।
उद्योगीका समस्या गम्भीरतापूर्वक लिने भन्दै उद्योगीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । मन्त्री भट्टले उद्योगीले आफ्नो समस्या लिएर मन्त्रालय धाउनु नपर्ने भन्दै समस्या बुझ्न आफैं जाने पनि जानकारी दिए ।
फाइल बोकेर उद्योगीले विभिन्न निकाय धाउनु पर्ने वातावरणको अन्त्य गर्ने भन्दै गलत काम नगर्न र आफूहरुलाई पनि गलत कामतर्फ आकर्षित नगर्न मन्त्री भट्टले उद्योगीलाई आग्रह गरे ।
घाटामा रहेका सरकारी स्वामित्वको संस्थान तथा कम्पनीको अवस्था सुधारका लागि सरकारले काम गर्ने र यसका लागि तत्कालै विशेष कार्ययोजना बनाएर अघि बढ्ने उनको भनाइ छ ।
प्रतिक्रिया