Logo

Banner-news

तामझामसहित सुरु भएको सामाजिक सुरक्षा कार्यक्रम असफल, अब के हुन्छ ?


GDP Nepal
   ११ मंसिर २०७६, बुधबार


काठमाडौं । गत वर्ष आजकै दिन ठूलो तामझामसहित सुरु भएको सामाजिक सुरक्षा कार्यक्रम असफलताको संघारमा छ ।

एक वर्षसम्म प्रचारमै करोडौं सके पनि १० प्रतिशत मजदुर कर्मचारीलाई समेत योजनामा सामेल गराउन नसकेको सरकारले यसका मुख्य नायक अर्थात श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई भने पदमुक्त गरिसकेको छ ।

प्रधानमन्त्रीको फोटो सडकका पोलसहित पत्रिकाका मुख्य पृष्ठ र मिडियाभर राखेर प्रचार गरिए पनि मजदुरलाई आकर्षित गर्ने कार्यक्रमबिनै ल्याइँदा यो कार्यक्रम असफल बनेको जानकारहरु बताउँछन् ।

निजी क्षेत्रका कुनै पनि संगठित संस्था यो कार्यक्रमप्रति सकारात्मक नदेखिनु यसको अर्को असफलता हो । जबकि सामाजिक सुरक्षा ऐन निजी क्षेत्रकै सहभागितामा बनाइएको हो । योगदानमा आधारित कार्यक्रम भनिए पनि प्रतिफलको सुिनश्चितता नभएको र कार्यक्रममा सरकार बढी हावी हुँदा असफलताको दिशामा यो देखिएको हो ।

सामाजिक सुरक्षा योजनामा अहिलेसम्म १ लाख १५ हजार योगादानकर्ता (श्रमिक) आवद्ध भएका छन् । जसमा ११ हजार रोजगादातामात्रै रहेका छन् ।

उद्योग वाणिय महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सरकारले श्रमिकमा उत्साह जगाउने किसिमका स्कीम नल्याउँदा श्रमिककै रुचि नदेखिएको बताउँछन् । उनीसहित निजी क्षेत्र यसको मोडालिटि परिवर्तन नगरे कार्यक्रममा सहभागी नहुने अडानमा छन् । यसैले बहुप्रचारित यो कार्यक्रमको भविष्यमाथि नै प्रश्न उठेको छ ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह