Logo

अर्थनीति

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे


GDP नेपाल
   ९ चैत्र २०८१, आइतबार


काठमाडौं  । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशी भन्दा र स्वदेशी चलचित्र चल्ने बताएका छन् ।

शनिबार ८ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले चलचित्र भौतिक र अभौतिक सुन्दरता बोक्ने बताउँदै चलचित्र उद्योग त्यसतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

उनले थप्दै भने, ‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन । एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकले फाइदा लिन सक्छ । आशाको संचार गर्नका निम्ति पनि चलचित्र प्रभावकारी माध्यम बन्न सक्छ ।’

उनले विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका धरोहर रहेको उल्लेख गर्दै त्यसलाई समेटेर चलचित्र उद्योगीहरू अघि बढ्न सकेको अवस्थामा नेपालले पर्यटन क्षेत्रमा लाभ लिन सक्ने बताए ।

उनले चलचित्रकर्मीहरू साँघुरो मानसिकता भन्दा माथि उठेर विश्वव्यापीकरणको रूपमा सोच राख्नुपर्ने भन्दै स्वदेशमा लगानी गर्न आउने उद्योगीहरूलाई सहज वातावरण बनाउनुपर्ने बताए  ।

चलचित्र र अरू वस्तुहरू अरूले उपयोग गर्ने भएकाले त्यसको सहकार्य विश्व जगतसँग गर्नसक्ने खुला सोच राख्नुपर्नेमा उनले जोड दिए ।

‘अहिले नेपाली चलचित्र बाहिर खिच्ने अभ्यास रहेको र मुलुक प्राकृतिक क्षेत्रहरू धेरै रहेका  छन् । पर्यटन क्षेत्रमा उचाई बढ्ने छ,’ उनले भने ।

मन्त्री पाण्डे चलचित्रबाट देशभक्तिको गाथा उजागर गर्ने गरि राज्यले समेत सोच्नु पर्ने बताए । उनले निरासा र नकरात्मकको भाष्य नभई मुलुक बन्छ भन्ने भाष्यसहित चलचित्र क्षेत्र अघि बढ्नु पर्ने बताए  । राष्ट्रिय एकता, सहिष्णुता, धार्मिक एकतासहितको सन्देश समेत चलचित्रले दिने कुरामा चलचित्रले यथोचित सम्बोधन गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : ९ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह