Logo

अर्थनीति

विद्युत् प्राधिकरणमा शाक्य र स्टक एक्सचेञ्जमा लुईंटेल नियुक्त


gdpnepal
   ११ चैत्र २०८१, मंगलबार


काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई बर्खास्तसँगै शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

शाक्यलाई यसअघि पनि ओली सरकारले सोही पदमा नियुक्त गरेको थियो । सरकार परिवर्तनसँगै देउवा सरकारले उनलाई हटाएर कुलमानलाई नियुक्त गरेको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ । 

तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।

लुइँटेल खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् ।

 

प्रकाशित : ११ चैत्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह