Logo

अर्थनीति

पाँच वर्षमा कृषि अनुदान शीर्षकमा १ खर्ब ५ अर्बः बदमासीे अन्त्य भएको मन्त्रीको दावी


gdpnepal
   ११ चैत्र २०८१, मंगलबार


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भएपनि अब यस्को अन्तय भएको दावी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले मंगलबार ललितपुरमा गरेको कृषिमा लगानी सम्वन्धी सम्मेलनलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले मन्त्रालयले हाल सम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अव सवै अनुदान पारदर्शीे हुने र कसले केका लागि कति रकम लिएको हो सवैले थाहा पाउन सक्ने अवस्था बनेको बताए ।

विगत पाँच वर्षमा १ खर्ब ५ अर्ब रुपैयाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयवाट जाने अनुदान भने अहिले रोकिएको बताए ।

कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सवै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पूरा हुनसक्ने धारणा राखे ।

 

प्रकाशित : ११ चैत्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह