Logo

मुख्य समाचार

शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्याउँछौं: ओली


GDP नेपाल
   १३ चैत्र २०८१, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेको दाबी गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया आफैँले सुरू गरेको भएपनि आफू श्रेयको भोको नरहेको बताए । 

उनले भने, ‘नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेका छौं । आफैंले गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने कुरा छाडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन् । श्रेय चाहिएन सफल पारौं । पीडितका घाउमा मल्हम लगाउँ ,उहाँहरुको आँशु पुसौं ।’

त्यस्तै उनले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने पनि धारणा राखे । 

‘वास्तवमा हामी मिल्यौं भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन् । पीडितलाई न्याय दिन नसकिने भन्ने छैन् । सकिन्छ ,सक्नुपर्छ र हामी सक्छौं पनि । प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु ।’ 

त्यस्तै प्रधानमन्त्री ओलीले आयोगहरु सलबलाउन नसक्नु  दुर्भाग्यको कुरा रहेको पनि बताए । 

प्रकाशित : १३ चैत्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह