काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम बिथोलिएको छ ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । उनीहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
प्रहरी हस्तक्षेपपछि राजावादी नेताहरू सुरक्षित स्थानतर्फ लागेका छन् ।
सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए ।
प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।
प्रतिक्रिया