Logo

मुख्य समाचार

पूर्वराजा पक्राउ पर्न सक्ने; मन्त्रिपरिषद् वैठकको यस्तो निर्णय


gdpnepal
   १५ चैत्र २०८१, शनिबार


काठमाडौं । सरकारले शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषिउपर कारवाही गर्ने निर्णय गरेको छ ।


शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण काठमाडौं असान्त भएपछि मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बसेको थियो ।


‘आज मिति २०८१ साल चैत्र १५ गतेका दिन पूर्वराजाहरुका समर्थकहरुद्धारा काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा निजी, सार्वजनिक एवम सरकारी सम्पत्ति अस्पताल, सवारी साधन, राजनीतिक दलका कार्यालय साथै संचार गृहहरुमा भएको तोडफोड, आक्रमण र तोडफोड गरी एवम अन्तार्राष्ट्रिय विमान स्थल जस्तो संवेदनशिल क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुंगामुढा, आगजनी र मानिसको ज्यान लिनेजस्ता अमानवीय र गैरकानुनी कार्य भएकोप्रति नेपाल सरकार घोर भर्त्सना गर्दछ,’ सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने ।


उनले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाही गर्ने निर्णय भएको सुनाए । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि उनले बताए ।

मन्त्रिपरिषदकै निर्णय सुनाउँदै मन्त्री गुरुङले म्यानमार र थाइल्याण्डमा भएको विनाषकारी भूकम्पका कारण भएको जनधनको क्षतिको दुःख व्यक्त गरेका छन् ।


शुक्रबार बेलुका बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका हुन्।


काठमाडौंको तीनकुने, जडिबुटी, कोटेश्वर क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि आकस्मिक बैठक बोलाइएको हो ।

प्रकाशित : १५ चैत्र २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह