काठमाडौं । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई १५० मिलियन अमेरिकी डलर (२० अर्ब ४० करोड) ऋण स्वीकृत गरेको छ ।
बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरुको मर्मतसम्भार तथा सबलीकरणका लागि उक्त रकम स्वीकृत गरेको हो ।
‘नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया