Logo

Banner-news

कतार एयरवेजको प्रशंशनीय सीएसआरः ए डिभिजन लिगलाई १ करोड ६९ लाख दिने !


GDP Nepal
   २८ मंसिर २०७६, शनिबार


काठमाडौं । नेपालमा सबैभन्दा बढी उडान गर्ने विदेशी एयरलाइन्स कतार एयरवेजले अहिलेसम्मकै ठूलो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यत्र गरेको छ । कतार एयरवेजले सहिद स्मारक ए डिभिजन लिगलाई मुख्य प्रायोजन गर्ने भएको हो ।

शनिबार (आज)बाट सुरु हुने नेपालको शीर्ष डिभिजनको फुटबल प्रतियोगिताको मुख्य प्रायोजन कतार एयरवेजले गर्दैछ । जसअनुसार मुख्य प्रायोजनका लागि कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर (करिब १ करोड ६९ लाख रुपैयाँ) उपलब्ध गराउनेछ ।

कतार एयरवेज र एन्फाबीच बिहीबार एक कार्यक्रममाझ मुख्य प्रायोजकको सम्झौता भएको हो । एयरवेज र एन्फाबीच एक वर्षका लागि सम्झौता भएको हो। शनिबार सुरु हुने ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र क्लब र बिग्रेड ब्वाइज क्लब खेल्दैछन् ।


कतार एयरवेजका अनुसार नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म हुनेछ ।

यस साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखिने छ । यसको साथमा कम्पनीले बोर्ड, रंगाशालाका झण्डा, एल ई डी स्क्रीन तथा डिजिटल लगायतका सामग्री प्रायोजन गर्नेछ ।
कतार एयरवेज ग्रुप प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “यस साझेदारीसँगै हामी निकै उत्साहित छौँ जसबाट कतार एयरवेजले देशकै फुटबल विकासमा सहयोग पु¥याउनेछ । खेलकूदले सबैलाई एक बनाउने हाम्रो विश्वास छ र यसप्रतिको हाम्रो समर्पणको एक उदाहरण हो यस साझेदारी । ”

प्रकाशित : २८ मंसिर २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह