Logo

मुख्य समाचार

काठमाडौंको प्रदूषणमा सुधार: हिजो ३५२ रहेको एक्यूआई आज २३२ मा झर्‍यो !


gdpnepal
   २१ चैत्र २०८१, शुक्रबार


काठमाडौं ।  काठमाडौं उपत्यकामा हिजो, अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग हिजोको तुलनामा आज धेरै भएकाले प्रदूषण केही घटेको हो । 

हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडांै विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । तर काठमाडांैको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने हिजोको भन्दा घटेको छ ।

वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ । यस्तै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेरअत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान अनुरोध गरेको छ ।

 

हिजो ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ ।

प्रकाशित : २१ चैत्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह