Logo

Banner-news

आफूलाई ‘प्रचण्डको कान्छो छोरा’ भन्दै गगन पुरीले स्थानीयको जग्गा पनि हडपे !


GDP Nepal
   ३ पुस २०७६, बिहिबार


झापा । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग नजिक दुई व्यक्तिले आफूलाई प्रचण्डको छोरासरह रहेको दावी गर्दै आएका छन् । उनीहरुले प्रचण्डसँगको सीधा पहुँचकै कारण स्थानीय प्रशासनलाई प्रभावमा पार्दै आएका छन् भने झापामा उनीहरुलाई प्रचण्डकै जेठो र कान्छो छोरा भन्ने गरिएको छ ।

प्रचण्डका साख्खै छोरा प्रकाश दाहालको दुई वर्षअघि नै निधन भइसके पनि आफूलाई छोरा दावी गर्नेहरु हुन्– दुर्गा प्रसाईं र गगन पुरी ।

विर्तामोडका प्रसाईंको हर्कतबारे त देशविदेशमा चर्चा छ । तर, आफूलाई कान्छा छोरा दावी गर्ने दमकका गगन पुरीको राष्ट्रियस्तरमा चर्चा भने बल्ल सुरु भएको छ, त्यो पनि सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणपछि ।

प्रहरीले वारेन्ट जारी गरेपछि पुरी अहिले फरार छन् । तर, उनलाई प्रसाईंले नै संरक्षण दिइरहेको बताइन्छ । गृह प्रशासन आफ्नै भएकाले उनलाई ढुक्कै छ र यो केस मिलाउन लागिपरेका छन् ।

तर, पुरीको कर्तुत भने एकपछि अर्को सार्वजनिक भइरहेको छ । दमकका केही स्थानीयले बुधबार पत्रकार सम्मेलन नै गरेर आफ्नो जग्गा पुरीले जवर्जस्ती कब्जा गरेको र फिर्ता माग्दा बरु पैसा दिने तर जग्गा नदिने भन्दै धम्क्याएको गुनासो गरेका छन् ।

पत्रकार सम्मेलनमा लालपुर्जा देखाउँदै पीडित (बायाँ) र गगन पुरी (दायाँ) ।


दमक नगरपालिका–८ का टेकबहादुर लिम्बुको बालुवाटारमा रहेको साढे १३ कठ्ठा जग्गा पुरीले आफ्नो नाममा ल्याएको खुलासा भएको हो । लिम्बुको परिवार अहिले भाडाको घरमा बस्दै आएको छ भने पुरी भने उक्त जग्गामा ग्यास प्लान्ट राख्न लागिपरेका छन् ।

पुरीले ग्यास प्लान्ट बनाउने भनेर पक्की पर्खाल पनि बनाइसकेका छन् । जग्गाको खोजी गर्दा पुरीले एक लाख दिन्छु, तर अब जग्गा दिन्नँ भन्ने जवाफ दिएको उनीहरु बताउँछन् ।

जिल्ला अदालत झापाले सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको आपरोपमा पुरीलाई मंसिर १९ गते पक्राउ पुर्जी जारी गरेको छ ।

प्रकाशित : ३ पुस २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह