Logo

मुख्य समाचार

रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान


GDP नेपाल
   २४ चैत्र २०८१, सोमबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्‍याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो ।

उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा लगिएको थियो ।

भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

 

प्रकाशित : २४ चैत्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह