Logo

कर्पोरेट-बजार

रोटरी क्लब अफ काठमाण्डौँ वेष्टद्वारा सगरमाथा विद्यालयलाई सात थान कम्प्युटर सहयोग


GDP नेपाल
   २४ चैत्र २०८१, सोमबार


सोलुखुम्बु । रोटरी क्लब अफ काठमाण्डौँ वेष्ट एण्ड इब्ल्याकबोर्डले सगरमाथा आधारभूत विद्यालयलाई सात थान कम्प्युटर सहयोग गरेको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ स्थित उक्त विद्यालयलाई शुक्रबार गाउँपालिकाकी उपाध्यक्ष विना राईको विषेश पहलमा सात थान कम्प्युटर सहयोग गरिएको हो ।

विद्यार्थाीलाई डिजिटल प्रविधिमा आधारित पठनपाठनका लागि प्रोत्साहन गर्न उक्त कम्प्युटर प्रदान गरिएको रोटरी क्लबका सदस्य निमा शेर्पाले बताए । उनले प्रविधिको प्रयोग गरेर विद्यार्थीको अध्ययन क्षमताको विकास गर्न सहयोग पुग्ने र विद्यालयको गुणस्तरमा समेत वृद्धि हुने जनाए ।


यस्तै सगरमाथा आविका प्रध्यानाध्यापक राधा बस्नेतले सामुदायिक विद्यालय खाली भइरहेको समयमा विद्यार्थीलाई आधुनिक तरीकाबाट शिक्षा प्रदान गर्न पाउँदा समग्र विद्यार्थी र विद्यालयको पठनपाठनमा धेरै सजिलो हुने बताउँदै सहयोगीदाताहरुलाई धन्यवाद दिइन्।

उक्त सामाग्री हस्तान्तरण कार्याक्रममा रोटरी क्लब अफ काठमाडौँका अध्यक्ष देश कुमार श्रेष्ठ, रोटरी क्लब अफ काठमाडौँका पूर्व अध्यक्ष राजेश कायस्थ, सदस्य निमा शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २४ चैत्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह