Logo

अर्थनीति

बीआरआईको पक्षमा पार्टी नीति विरुद्ध सुजाता: भन्छिन्- ऐतिहासिक र बहुआयामिक योजना हो !


gdpnepal
   २६ चैत्र २०८१, बुधबार


काठमाडौं । चीनको महत्वाकांक्षी परियोजना बीआरआई कार्यान्वयनको पक्षमा नेपाली कांग्रेस नरहे पनि नेतृ सुजाता कोइराला भने यसको पक्षमा उभिएकी छन् ।

कोइराला हालै चीन भ्रमणबाट फर्किएकी हुन् । चिनियाँ सरकारको निमन्त्रणामा अघिल्लो महिना चीन भ्रमणमा गएकी कोइराला कांग्रेस विदेश विभागका पूर्व प्रमुख समेत हुन् ।

 

नेतृ कोइरालाले बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना भएको बताएकी छन् ।


मंगलबार काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताईन् ।


उनले भनिन्, ‘आजको यो कार्यक्रम केवल पुस्तक प्रकाशन मात्र नभएर नेपाल लगायत विश्वभरका राष्ट्रहरुको सहयोग, समृद्धि र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना हो । यसले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।’
यस्तै, उनले चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँचको लागि पनि सहज हुने बताईन् ।


उनले भनिन्, ‘नेपालका लागि बिआरआई एउटा राम्रो अवसर हो । चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले हाम्रो भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ । नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँच आवश्यक छ । बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्न सक्छ ।’

प्रकाशित : २६ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह