Logo

कर्पोरेट-बजार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै एक लाख ८१ हजार १ सय


GDP नेपाल
   २७ चैत्र २०८१, बिहिबार


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो ।

बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको  छ । बुधबार एक हजार ८३५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय  रुपैयाँमा  कारोवार भैइरहेको छ ।

प्रकाशित : २७ चैत्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह