Logo

अर्थनीति

आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बकाे बजेट,बढेन कर्मचारीको तलब


appharu
   १५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं ।अर्थमन्त्री डा. युवराज खतिवडाले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । यस्तो रकमको खर्चबाट आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि र मूल्य बृद्धि ६.५ हुने लक्ष्य राखेको छ ।

सरकारले कर्मचारीहरुको तलब बढाएन । तर, अर्थमन्त्री खतिवडाले भत्ता भने २ हजार रुपैयाँले बढाएको छैन । कर्मचारीहरुले अब वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता पाउने छन् ।त्यसैगरी, निजामति कर्मचारीको २ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको र त्यसको ५० प्रतिशत प्रिमियम सरकारले नै तिरिदिनेछ ।

५० प्रतिशत बीमाशुल्क भने सम्बन्धीत कर्मचारीले नै तिर्नुपर्ने छ । साथै, सांसद्हरुले सिधै खर्च गर्ने विवादित बनेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढेको छ । ३ करोड रहेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडको पुर्याएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह