काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ५.५७ अंकले घटेर दुई हजार ६७०.७० विन्दुमा पुगेको छ ।
बैंकिङ १, फाइनान्स १२, होटल तथा पर्यटन २६, जीवन बीमा ४३, अन्य २२, निर्जीवन बीमा २४, उत्पादन ६२ र व्यापार उपसमूह ५ अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक १, हाइड्रोपावर ३ र माइक्रोफाइनान्स १८ अंकले बढेको छ ।
आज बोटलर्स नेपाल बालाजुको सेयर ४.३७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यस दिन ३२१ कम्पनीको एक करोड १३ लाख कित्ता सेयर ५ अर्ब ६३ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया