काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले १५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया