काठमाडौं । सरकारले जतिसुकै प्रयास गरे पनि वैदेशिक रोजगारीका क्षेत्रमा सुधार ल्याउन सकेको छैन । पछिल्ले समय सरकारले शून्य लागत र एजेन्ट खारेजीको व्यवस्था लागू गरे पनि नयाँ उपाय ल्याएर ठगी गर्न लागेको पाइएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार सबै म्यानपावर खराब छैनन् तर केहीको कारण यस क्षेत्र नै बदनाम छ । हालैमात्र पनि केही कम्पनीले गिरोह नै बनाए युवासँग पैसा असुल्ने गरेको पाइएको विभागले जनाएको छ ।
सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लागतको सम्झौता कार्यान्वयन गर्न नसक्दाम्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौ रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् ।
सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग लाखौं असुल्ने दाउमा लागेको पाइएको छ ।
गुल्मी रेसुंगाका अनिल बिक, सन्दीप बिक, दीपक बहादुर सुनार र बराह नपा सुनसरीका सन्तोष विष्टसँग मलेसियाको साउदी अरबको प्लाष्टिक कम्पनीमा रोजगारीमा जानमहाराजगञ्ज काठमाडौंस्थित लाइभ इन्टरनेसनल ओभरसिजले ४ लाख ५० हजारभन्दा बढी असुलेको पाइएको छ । सो म्यानपावरका जनसम्पर्क अधिकृत दानबहादुर सोमैलाई युवाहरूसँग सम्पर्क गरेर ४ लाख ५०लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
सरकारले शून्य लागत लागू गरेपनि यसमा देखिएको कमजोर कार्यान्वयनको फाईदा उठाउदै युवा भर्ना प्रक्रियामा पैसा उठाएको देखिन्छ । विभागले हालैआरबि ओभरसिजमा छापा मारेर सेक्यूरिटी कम्पनीमा पठाउन ५ लाख असूल गरिरहेको अवस्थामा पक्राउ गरिएको कारबाही अघि बढाईएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।
“प्रत्येक हप्ताजसो विभागको स्टिंङ अपरेशन हुँदा पनि धेरैजसो व्यवसायीहरूले सुरक्षित, सम्मानपूर्ण र शोषणरहित वैदेशिक रोजगार व्यवसाय गर्नेभन्दा पनि पैसा कमाउने ध्याउन्नमै लागेको पाइएको छ,”महानिर्देशक भुसालले भने “जसले गर्दा मर्यादित व्यवसाय गर्न चाहनेहरू पनि अहिले ओझेलमा पर्ने गरेका छन्।”
विभागले सेक्युरिटी कम्पनीमा जाने नेपालीहरूबाट म्यानपावरवालाले घटीमा ५ लाख रुपैयाँ उठाउने गरेको जनाएको छ । महानिर्देशक भुसालले चर्को शोषण गरिरहेको भन्ने गुनासो पटकपटक प्राप्त भएपनि गुनासोकर्ताले विभागलाई भरपर्दो सूचना र प्रमाणसहित सहयोग नगरेको कारणले विभागले व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउन कठिनाइ भइरहेको बताए ।
दुबई पुलिसलगायत थुप्रै सेक्युरिटी कम्पनीबाट आउने निशुल्क टिकट र भिसासहितको मागमा पनि पाँचलाखभन्दा कम तिरेर वैदेशिक रोजगारीमा जान नपाएको गुनासो बेलाबेलामा सुनिंदै आएको छ।
प्रतिक्रिया