काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपी विवादास्पद व्यवसायी दुर्गा प्रसाईलाई पक्राउपछि काठमाडौं ल्याइएको छ । उनलाई विमानबाट काठमाडौं ल्याइएको हो ।
भारतको आसाममा पक्राउ परेका प्रसाईलाई भद्रपुर विमानस्थल छिर्ने बेलामा हत्कडी लगाइएको थियो भने विमान चढेसँगै खोलिएको उनको हत्कडी काठमाडौंस्थित विमानस्थलमा पुनः लगाइएको छ ।
प्रसाईले आफैं आत्मसमर्पण गरेको भन्दै प्रतिक्रिया दिइरहँदा प्रहरीले उनलाई बोल्नबाट रोक्दै लछारपछार पारिरहेको थियो । उनले आफू पक्राउ परेको नभै आत्मसमर्पण गरेको तथा लुटेराविरुद्धको आन्दोलन रहेको मात्र भन्न भ्याए ।
प्रसाईलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ। अहिले भने उनको मनोबल गिरेको र निरीह देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया