काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया