Logo

अर्थनीति

जनआकांक्षा परिपूर्तिमा कमजोरीलाई देखाएर व्यवस्थाप्रति भ्रम सिर्जना गर्न खोजियो: राष्ट्रपति पौडेल


gdpnepal
   १ बैशाख २०८२, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँबर्षबाट समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको वेथितिको अन्त्य, सुशासन प्रवर्धन र सेवा प्रवाहलाई चुस्त बनाउने संकल्प गर्न सबैमा अपील गर्नुभएको छ । 

नव वर्ष २०८२ को अवसरमा शुभकामना दिदै उहाँले सबैले यस्तो संकल्प गरेमा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीब्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाई र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुने पनि प्रष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले सबैमा समान रुपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो लोकमार्गमा  हाम्रो मुलुक अघि बढ्ने भन्दै आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका बताए । 

उहाँले स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जरूरी रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो–‘दिनहुँ ठूलो सङ्खयामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न व्यवसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्नु हुँदैन भन्ने पनि म ठान्दछु । 

श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सृजना गरेर विदेश पलायन भैरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण निर्माणका लागि आज हामी प्रतिज्ञा गरौं ।’

राष्ट्रपति पौडेलले आजको विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानु पर्ने भन्दै कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको बताउनुभयो । 

ञउहाँले भन्नुभयो– ‘आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गरौं आज हामी ।’

 

प्रकाशित : १ बैशाख २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह