Logo

फोटो

मध्यपुर थिमिमा सिन्दुर जात्राको उल्लास (फोटो फिचर)


GDP नेपाल
   २ बैशाख २०८२, मंगलबार


काठमाडौं । भक्तपुरको मध्यपुर थिमिका बासिन्दाले आज(मंगलबार) सिन्दुर जात्रा मनाएका छन् । नयाँ वर्षको भोलिपल्ट मध्यपुर थिमि क्षेत्रका बासिन्दाले हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाएका हुन् ।

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो । यो जात्रामा मानिसहरु एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित मनाउछन् ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी भइ मनाउँछन् । सिन्दुर जात्रा मध्यपुर थिमिको सबैभन्दा ठूलो जात्रा हो।

 

प्रकाशित : २ बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह