काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २७.१४ अंकले बढेर दुई हजार ६८९.२२ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक १३३, फाइनान्स ४०, हाइड्रोपावर ५०, होटल तथा पर्यटन १२८, जीवन बीमा १०७, अन्य १४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १३२ र उत्पादन उपसमूह ८५ अंकले बढेको छ । त्यस्तै, आज व्यापार उपसमूह २९ अंकले घटेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज बलेफि हाइड्रोको सेयर ९.६९ प्रतिशतले घटेको छ ।
यस दिन ३२० कम्पनीको दुई करोड १८ लाख कित्ता सेयर ८ अर्ब ५४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया