Logo

अर्थनीति

पेट्रोल र डिजेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घट्यो


gdpnepal
   २ बैशाख २०८२, मंगलबार


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्दै भाउ घटाएको छ । जसअनुसार पेट्रोल र डिजेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटेको छ ।

पेट्रोलियम पदार्थको आगामी १५ दिनको लागि भोलि बुधबार बिहान १२ बजेर एक मिनेटबाट लागु हुनेगरि नयॅा मुल्य कायम गरिएको छ। 

साविकको मूल्यमा  प्रति लिटर पेट्रलसहित मटीतेल र डिजेलम ३ रुपैयाँ घटाइएको कार्यकारी निर्देशक चण्डिकाभट्टले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मटीतेल १४६ रुपैयाँ पर्नेछ ।

”पेट्रोलियम पदार्थ खरिद गर्दा नयॅा कायम गरिएको मुल्य अनुसार चेक गरि भुक्तानी गर्नुहुन समेत सम्पुर्ण उपभोक्ता वर्गमा अनुरोघ गरिन्छ,” उनले भने ।

प्रकाशित : २ बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह