Logo

कर्पोरेट-बजार

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने


GDP नेपाल
   ५ बैशाख २०८२, शुक्रबार


एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा प्राप्त गर्ने सुविधा पाउने भएका छन् । डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न एनसेलले रु १०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा बोनस डेटा उपलब्ध गराउने अफर सुरु गरेको हो ।


कम्पनीले दिएको जानकारीअनुसार एनसेल एपमार्फत रु १०० देखि रु २०० सम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकले एक दिनका लागि २०० एमबी बोनस डेटा प्राप्त गर्नेछन् ।

यस्तै, रु २०० वा सोभन्दा माथिको रिचार्ज गर्दा ३ दिनसम्म प्रयोग गर्न मिल्ने ५०० एमबी बोनस डेटा प्रदान गरिनेछ । यद्यपि स्क्र्याच कार्डमार्फत गरिएको रिचार्जमा भने बोनस डेटा लागु नहुने उल्लेख गरिएको छ ।


ग्राहकहरूको डिजिटल सेवा प्रयोगलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले डिजाइन गरिएको एनसेल एपमा विविध सुविधाहरू समावेश छन् । यस एपमार्फत ग्राहकहरूले डेटा तथा भ्वाइस प्याक खरिद गर्न, आफ्ना सेवाहरूको प्रयोग विवरण हेर्न, प्याक उपहार पठाउन, प्याक रूपान्तरण गर्न लगायतका सेवा सजिलै प्राप्त गर्न सक्छन् ।


त्यस्तै, एपमार्फत मासिक बिल हेर्ने, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा उपयोग गर्ने तथा अनलाइन समाचार, अफलाइन गेमलगायतका सुविधाहरू उपलब्ध छन् । विदेश जाने ग्राहकहरूका लागि यो एप विशेष उपयोगी हुने कम्पनीको भनाइ छ ।

प्रकाशित : ५ बैशाख २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह