Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको खुद नाफा ५ अर्ब ५ करोड


GDP नेपाल
   ७ बैशाख २०८२, आइतबार


काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ८.२१ प्रतिशतले बढेको हो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा आएको छ । वितरणयोग्य नाफा पनि ८५.७८ प्रतिशतले बढेर २ अर्ब ८७ करोड पुगेको छ ।

चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ३१ करोड रुपैयाँ जम्मा रहेको छ । खुद नाफामा वृद्धिसँगै योप्रतिसेयर आम्दानी पनि १.८१ रुपैयाँले घटेर २५.०५ रुपैयाँ कायम भरहेको छ ।

प्रकाशित : ७ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह