काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९६ अंकले घटेर दुई हजार ६८८.३२ विन्दुमा पुगेको छ ।
बैंकिङ १०, विकास बैंक ९१, फाइनान्स ९, जीवन बीमा ३२, निर्जीवन बीमा ५१, माइक्रोफाइनान्स १६, हाइड्रोपावर २३, र व्यापार उपसमूह ७४ अंकले घटेको छ । त्यस्तै, आज अन्य ५२, होटल तथा पर्यटन ५१ र उत्पादन उपसमूह ८४ अंकले बढेको छ ।
आज कर्पोरेट डेभलपमन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१९ कम्पनीको दुई करोड २५ लाख कित्ता सेयर ८ अर्ब ३२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया