Logo

अर्थनीति

आज अर्थसहित पाँचवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


GDP नेपाल
   १० बैशाख २०८२, बुधबार


काठमाडौं । सङ्घीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक आज एकैदिन बस्ने भएको छ ।

बुधवार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल गरिनेछ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कार्यक्रम बिहान ११ बजे संहदरबारमा बस्ने भएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी आज विधायन व्यवस्थापन समितिको ६४ औँ बैठक मध्यान्ह  १२ बजे बस्दैछ । सिंहदरवारमा बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिनको २ बजे सिंहदरवारमा बस्दैछ । बैठकमा समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा नेपाल सरकारले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/०८३  को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल गरिने छ ।

प्रकाशित : १० बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह