Logo

मुख्य समाचार

राप्रपा अध्यक्ष लिङ्देनमाथि कारवाहीको दबाब बढ्दै, देशभरका कांग्रेस कार्यकर्ता आन्दोलित !


gdpnepal
   १५ बैशाख २०८२, सोमबार


जनकपुर । नेपाली कांग्रेस धनुषाले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

पार्टीको सबै सहमहामन्त्रीलाई बदनाम गर्नेगरि शुक्रबारको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटको घटना सम्बन्धमा राखेको धारणाविरुद्व कारवाहीको मांग गर्दै आइतबार ज्ञापन पत्र बुझाएका छन् । 

सयौंको संख्यामा जुलुस निकालेर जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका कांग्रेसका नेता तथा कार्यकर्ताले लिङ्देनविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

नेपाली कांग्रेस धनुषाले लिङ्देनको गैरराजनितीक, बिना आधार प्रमाणको कपोकल्पित अभिव्यक्तिले पार्टीका सबै सहमहामन्त्री र प्रतिष्ठामाथी नै आँच आउने काम भएकाले प्रमाण दिन नसके लिङदेनलाई कारवाही हुनुपर्ने मांग अघि सारेको छ ।

ज्ञापन पत्र बुझाउन नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, पदाधिकारीहरु, मन्त्री तथा प्रदेश सांसद शेष नारायण यादव, प्रदेश सांसद कुमरकान्त झा, प्रदेश सदस्य जिवनाथ चौधरी लगायतका सयौं नेता तथा कार्यक्रताहरु पुगेका थिए ।

 

प्रकाशित : १५ बैशाख २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह