Logo

मुख्य समाचार

शिक्षक आन्दोलनको २७औं: बानेश्वरमा भएको झडपपछि थप चर्को (फोटोफिचर)


GDP नेपाल
   १५ बैशाख २०८२, सोमबार


काठमाडौं । शिक्षा आन्दोलनको २७ औं दिन आज(सोमबार) पनि जारी छ ।
आन्दोलनको २६ औँ दिन हिजो आइतबार बानेश्वरमा भएको झडपको घटनापछि पनि आज शिक्षकहरुले आन्दोलनलाई थप चर्काएका छन् ।

सोमबार विजुलीबजार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
सडकमा उठेका आवाजलाई वार्ताबाट मत्थर पार्नुको सट्टा दमन गर्ने सरकारको नियतले मानवीय र भौतिक क्षति निम्तिएको भन्दै शिक्षकहरुले आन्दोलनका कार्यक्रमहरुलाई थप शसक्त बनाएका हुन् ।


आइतबार शिक्षक आन्दोलनमा पनि प्रहरीले लाठी, बुट र पानीको फोहोरा हानेर बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भएका थिए । झडपको घटनापछि नेपाल शिक्षक महासंघले देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलनका लागि आब्हान गरिसकेका छन् ।


यता, आँखा, टाउको, खुट्टा, नाक र मुखमा चोट लागेका नौ शिक्षक अस्पतालमा उपचाररत छन् । चारजनाको सिभिल, तीनजनाको ट्रमा सेन्टर र दुईजनाको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । मुठभेडमा पाँच प्रहरी पनि घाइते भएका छन् ।

प्रकाशित : १५ बैशाख २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह