Logo

बैंक / बिमा /शेयर

माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता


GDP नेपाल
   १६ बैशाख २०८२, मंगलबार


काठमाडौं । माछापुच्छ्रे बैंकले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ । विदेशबाट नेपालमा भित्रने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ यो सम्झौता गरिएको बताइएको छ ।


बैंकले मलेसियामा रहेका नेपालीलाई स्वदेशमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने उद्देश्यले उक्त मनी ट्रान्सफरसँगको सहकार्यमा सोमबार ९वैशाख १५०देखि विधिवत् रूपमा रेमिट्यान्स सेवा थालेको हो । रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा सीबीएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।


उक्त सम्झौतापछि अब मलेसियामा रहेका नेपालीले सीबीएलका १५ शाखा, र उसको सिटी रेमिट एपबाट एमबीएल रेमिट्स गर्न सक्नेछन् । यसरी नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सक्नेछन् ।

प्रकाशित : १६ बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह