Logo

अर्थनीति

शिक्षकका अधिकांश माग पूरा हुँदै: प्राथमिकतामै परेन शैक्षिक सुधार


gdpnepal
   १७ बैशाख २०८२, बुधबार


 

काठमाडौं । सरकार र शिक्षकहरूबीच आज (बुधबार) सहमति हुने भएको छ । सहमतिपछि एक महिने आन्दोलन आज टुंगिदै छ ।

आज सहमति हुनुअघि आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर सरकारसँग वार्तामा बस्नेछ । शिक्षकको आन्तरिक बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । 

दिउँसो २ बजे सरकार र शिक्षकबीच वार्ता हुनेछ । उक्त बैठकमा सहमति हुने दाबी गरिएको छ । 

शिक्षकका अधिकांश माग पूरा हुने स्थिति देखिए पनि विद्यालय शिक्षा सुधारका विषय सरकार र आन्दोलनरत शिक्षकको प्राथमिकतामै परेको छैन । 

मंगलबार रातिसमम भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् । सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहित महासंघका पदाधिकारीबीच वार्ता भएको थियो । 

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले बुधबार बैठक टुंगोमा पुग्ने बताएका थिए ।  

महासंघले सरकारसमक्ष नौबुँदे प्रस्ताव पेस गरेको छ । उक्त मागमा छलफल भइसकेको छ ।  

महासचिव थापाका अनुसार, हस्ताक्षरपछि आन्दोलनको स्परुप परिवर्तन हुनेछ । आन्दोलनको स्वरुप कस्तो हुने शिक्षकको आन्तरिक बैठकले निर्धारण गर्नेछ । 

महासंघले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलबको सुनिश्चितता, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, दुर्गम भत्ता व्यवस्था गर्ने, शिक्षकहरूको ग्रेड समायोजन गर्ने, मर्यादा क्रममा शिक्षकहरूलाई समेट्ने, शिक्षकको उपचारमा छुटको व्यवस्था गर्ने, निमावि प्रथम र मावि द्वितीयको तलबमा एकरूपता ल्याउने विषय शिक्षक महासंघले वार्तामा उठाएको छ ।

शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

प्रकाशित : १७ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह