Logo

मुख्य समाचार

रेशम चौधरीलाई सादा पोशाकका प्रहरीले पक्रियो, पक्राउको कारण यस्तो छ:


gdpnepal
   १७ बैशाख २०८२, बुधबार


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो ।

प्रज्ञा भवनमा जनमत र नाउपा पार्टी एकताको कार्यक्रम हुँदै थियो। उक्त कार्यक्रम सुरू हुनुपूर्व नै रेशम पक्राउ परेका हुन्।

स्रोतका अनुसार सर्वोच्च अदालतको फैसला कार्यान्वयन सिलसिलामा चौधरीलाई पक्राउ गरिएको हो।

यसअघि राष्ट्रपतिबाट माफी पाएका उनी टीकापुर घटनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाटै उनलाई कारागाभित्रै राख्नु भनेर पछिल्लो आदेश दिएअनुसार फैसला कार्यान्वयनका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पठाएको छ ।

प्रकाशित : १७ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह