Logo

अर्थनीति

अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड



GDP नेपाल
   २१ बैशाख २०८२, आइतबार


काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको छ ।


आइतबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको हो ।
सोही क्रममा उनले नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्च निरौलाले अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने भन्दै यसको लागि समन्वयात्मक भावनाका साथ काम गर्नुपर्ने बताए ।


उनले भने, ‘हाम्रो अर्थ र कृषि मन्त्रालयले यी क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्छ । केही समस्याहरु त छन् तर त्यसलाई समाधान गर्न नसकिने भन्ने होइन् । हामीले समन्वयात्मक भावनाका साथ काम गर्नुपर्छ ।’


यस्तै, समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय प्रणालीको बारेमा अझै बढि अध्ययन गर्नुपर्ने बताए ।
विज्ञ भएपछि तथ्यांकगत रुपमा विषयलाई बुझाउनु पर्ने भन्दै सामान्य रुपमा बोलेर यस्ता विषय बुझ्न गाह्रो हुने पनि उनको भनाई छ ।


उनले भने, ‘यस बारेमा अझ बढि अध्ययन गरेर बैठक बस्ने छौ । विज्ञ भएपछि तथ्यांकगत रुपमा बोल्नु पर्छ, मुखले मात्र त एकैछिन अनलाइन हेरेर पनि भन्न सकिन्छ । नेपालको बैंक तथा वित्तीय प्रणालीलाई यो यो गरेर अगाडि बढाउन सकिन्छ भनेर भन्दिए हुन्छ । तथ्यांगत रुपमा भयो भने हामीलाई बुझ्न सजिलो हुन्छ ।’

प्रकाशित : २१ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह