काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १.०३ अंकले बढेर दुई हजार ६११.४३ विन्दुमा पुगेको छ ।
हाइड्रोपावर ४८, जीवन बीमा १६, निर्जीवन बीमा ७०, व्यापार ९० र उत्पादन उपसमूह २१ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ ४, विकास बैंक २६, फाइनान्स ३०, होटल तथा पर्यटन २०, अन्य ३६ र माइक्रोफाइनान्स उपसमूह १४ अंकले घटेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३१८ कम्पनीको दुई करोड ५ लाख कित्ता सेयर ८ अर्ब ७४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया